नेवार बस्तीमा एकीकृत बस्तीको पुनःनिर्माण अभियान सुरु

<p>काठमाडौं, ३१ असार । काठमाडौंको भित्री नेवार बस्तीमा एकीकृत बस्ती पुनःनिर्माण अभियान सुरु भएको छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौँ महानगरपालिकाको वडा नं १८ भित्र पर्ने दुम्बोचुक तथा ल्होँह गल्लीमा रहेका ५४ घर परिवारको संयुक्त आवास निर्माण गरिन लागिएको हो । निर्माण कार्यलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम के हुने तथा त्यसबाट स्थानीय [&hellip;]</p>

काठमाडौं, ३१ असार । काठमाडौंको भित्री नेवार बस्तीमा एकीकृत बस्ती पुनःनिर्माण अभियान सुरु भएको छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौँ महानगरपालिकाको वडा नं १८ भित्र पर्ने दुम्बोचुक तथा ल्होँह गल्लीमा रहेका ५४ घर परिवारको संयुक्त आवास निर्माण गरिन लागिएको हो । निर्माण कार्यलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम के हुने तथा त्यसबाट स्थानीय नेवार बासिन्दालाई के लाभ हुने भन्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरण तथा स्थानीयवासीबीच आज छलफल भयो ।

झन्डै तीन रोपनी जग्गामा ५४ परिवारका लागि संयुक्त आवास निर्माण हुने भए पनि सयौँ वर्षदेखि आफ्नो घरमा बस्दै आएका कतिपय जग्गाधनीले अझै जग्गाधनी पुर्जा तथा निस्सा नलिएको तथा कतिपयको जग्गाधनी प्रमाणपुर्जा भूकम्पबाट क्षति भएको घरमा नै पुरिएर हराएको वा बिग्रेको अवस्थामा भएकाले बस्ती निर्माण गर्न केही समस्या देखिएको स्थानीयवासीले बताएका छन् ।

कार्यक्रममा पूर्व भौतिक योजनामन्त्री हिसिला यमीले काठमाडौंको भित्री नेवार वस्तीमा २१औँ शताब्दीमा संयुक्त आवासको अवधारणा लागू हुन लागेकामा खुसी प्रकट गरेका छन् । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले संयुक्त आवास निर्माण भए पनि जग्गाको स्वामित्व घरधनी नै हुने र कथम्कदाचित जग्गाधनी प्रमाणपुर्जा लिन नपाएको वा हराएको अवस्थामा पनि उनीहरुको जग्गाधनी पुर्जा लिन प्राधिकरणले सहयोग र सल्लाह दिने तर उनीहरुको हक नखोसिने स्पष्ट पारे ।

उक्त आवास ७६० वर्ग फुटमा फैलिने छ र संरचना पाँच तलाको हुने छ । यही साउन १० भित्र प्राधिकरणले एकीकृत बस्ती वा संयुक्त आवास बनाउन एउटा कमिटी बनाइने भएको छ । दुम्बो चुकका स्थानीय बासिन्दा विजयानन्द वैद्यले संयुक्त आवास निर्माण कार्य राम्रो कदम भए पनि आफ्नो १२ परिवार रहेको एउटै घरको १४ आना जग्गाको हालसम्म जग्गाधनी प्रमाण पुर्जा र निस्सासमेत लिइनसकेकाले समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गरेका छन् ।

एकीकृत बस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले एकीकृत बस्तीभित्रका स्थानीय बासिन्दालाई घर निर्माणमा सघाउ पु¥याउने उद्देश्यले अभियानले लामो समयदेखि पहल गर्दैआएको बताउँदै पहिलो पटक निर्माण हुन लागेको यो अभियान अन्य ठाउँमा पनि विस्तार गर्न उपयुक्त हुने सुझाव दिएका थिए। रासस

Share News