कृषि विकास बैंकका नवनियुक्त सञ्चालक केसीले लिए शपथ

<p>काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंकको सञ्चालकमा केसी नियुक्त भएका हुन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् ।

नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंकको सञ्चालकमा केसी नियुक्त भएका हुन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

शपथ ग्रहण कार्यक्रममा कृषि विकास बैंकका संचालकहरु डा. हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

Share News