टेलिकमले चीनवाट अप्टिकल फाइबर ल्यायो

<p>काठमाडौं, २९ असार । नेपालको दुरसञ्चार सेवालाई भारतीय परनिर्भरतावाट मुक्त गर्न नेपाल र चीनविच अप्टिकल फाइबर जडान सम्पन्न भएसंगै व्यापारीक कारोवारका लागि पनि काम अगाडि बढिरहेको छ। टेलिकमले व्यापारिक प्रयोजनका लागि साउनदेखि ल्याउने तयारी गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। यसका लागि टेलिकमले चाइना टेलिकमसंग व्यापारिक सम्झौता समेत गरिसकेको छ। चाइना टेलिकम कर्पोरेसन लिमिटेडसंग [&hellip;]</p>

काठमाडौं, २९ असार । नेपालको दुरसञ्चार सेवालाई भारतीय परनिर्भरतावाट मुक्त गर्न नेपाल र चीनविच अप्टिकल फाइबर जडान सम्पन्न भएसंगै व्यापारीक कारोवारका लागि पनि काम अगाडि बढिरहेको छ। टेलिकमले व्यापारिक प्रयोजनका लागि साउनदेखि ल्याउने तयारी गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्।

यसका लागि टेलिकमले चाइना टेलिकमसंग व्यापारिक सम्झौता समेत गरिसकेको छ। चाइना टेलिकम कर्पोरेसन लिमिटेडसंग सेवा खरिद र सेवा मर्मतका लागि संझौता भइसकेको  बैद्यले जानकारी दिइन्।
fiber

यो संझौता संगसंगै नेपालमा चलिरहेको इनेटरनेट पनि सस्तो र कुनै पनि बेला भारत तर्फ फाइवरको समस्या भयो भने विकल्प हुनेछ।

अब नेपाल टेलिकम र चीनको चाइना टेलिकमसंग अन्तरदेशिय प्रशारणलाइन विस्तार गर्नका लागि बाटो खुलेको छ भने चीनबाट नेपाल हुँदै दक्षिण एसियासंग छोटो दुरीमा अप्टिकल फाइबर मार्फत तीब्र गतिको इन्टरनेटसंग जोडिनका लागि सजिलो भएको छ।

Share News