नेकपा एमाले पर्यटन विभागको सचिवमा चन्द्र रिजाल

<p>काठमाडौ, २९ असार। नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन व्वसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य [&hellip;]</p>

Chandra-Rijalकाठमाडौ, २९ असार। नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन व्वसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए ।

बुधबार नेकपा एमाले केन्द्रिय कार्यालयमा आयोजित विभागको पहिलो बैठकले रिजाललाई सर्वसम्मत सचिव चयन गरेको विभागका सदस्य कृष्णहरि खत्रीले जानकारी दिए । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता विभागका प्रमुख सूर्य थापाले गरेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सरकारको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावको परिक्षण व्यवस्थापिका संसदबाटै गर्ने बताए ।

को हुन् चन्द्रप्रसाद रिजाल ?

अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्व सदस्य, एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुन् । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापीत छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल ९टान० को ३७ औँ केन्द्रिय वार्षिक साधारणसभा सँगै सन् २०१५ देखि २०१७ सम्मका लागि उनी टानको अध्यक्ष छन् ।

Share News