ललितपुरका विद्यालय असोज १ गतेबाट खाेल्न पाइने

<p>काठमाडाैं । ललितपुर महानगरपालिकामा असोज १ गतेबाट विद्यालहरु खाेल्न पाइने भएकाे छ । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट विद्यालय खाेल्न दिने निर्णय गरेकाे जनाएकाे छ । स्वास्थ्य मापदण्ड पालना गरी महानगरपालिकामा विद्यालय खाेल्न पाइने छ । &#8216;विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्य मापदण्डकाे सम्बन्धमा अभिभावक, शिक्षक विद्यार्थी तथा सराेकारवालाहरु अभिमुखीकरण गर्न र साे काे [&hellip;]</p>

काठमाडाैं । ललितपुर महानगरपालिकामा असोज १ गतेबाट विद्यालहरु खाेल्न पाइने भएकाे छ । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट विद्यालय खाेल्न दिने निर्णय गरेकाे जनाएकाे छ ।

स्वास्थ्य मापदण्ड पालना गरी महानगरपालिकामा विद्यालय खाेल्न पाइने छ ।

‘विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्य मापदण्डकाे सम्बन्धमा अभिभावक, शिक्षक विद्यार्थी तथा सराेकारवालाहरु अभिमुखीकरण गर्न र साे काे जानकारी महानगरपालिकामा पेश गर्नहाेला, विज्ञप्तिमा भनिएकाे छ ।

यसअघि काेभिडकाे कारण विद्यालयहरु लामाे समय भाैतिक रुपमा बन्द रहेका छन् ।

 

Share News