लर्ड बुद्ध एजुकेशन फाउण्डेसनद्वारा छात्रवृत्ति काेष स्थापना, ५ जनालाई नि:शुल्क पढाइने

<p>काठमाडाैं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसन (एलबीईएफ क्याम्पस) आफ्नो स्थापनाको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरि सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराई रहेको यस कलेज काठमाडौंको मैतिदेवीमा रहेका छ । २४ औं वर्ष प्रवेशको [&hellip;]</p>

काठमाडाैं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसन (एलबीईएफ क्याम्पस) आफ्नो स्थापनाको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरि सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराई रहेको यस कलेज काठमाडौंको मैतिदेवीमा रहेका छ ।

२४ औं वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष पंकज जालानले संस्थाको नयाँ लोगोको अनावरण गर्नुका साथै संस्थाका संस्थापक स्व. परमानन्द केजरिवालको स्मृतिमा यस संस्थाबाट ५ जना विद्यार्थीका लागि स्नाकोत्तर तहमा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरी ‘फाउण्डेशन छात्रवृत्ति’को घोषणा समेत गरेका छन् ।

संस्थाका प्रमुख सल्लाकार महेन्द्र सिंह राजपुतले उक्त अवसरमा संस्थाले प्रविधि तथा व्यवस्थापन विषयमा विगतमा करिव १० हजार विद्यार्थीलाई दिक्षित गरिसकेको उल्लेख गर्दै भावी दिनमा पनि यो सेवा निरन्तर रहन सबैको सरसहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा संंस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरिवालले संस्थामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीलगायतलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Share News