असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खाेल्न पाइने

<p>काठमाडाैं । असाेज १ गतेदेखि काठमाडाैं उपत्यकाकाे विद्यालय खाेल्न पाइने भएकाे छ । साेमबार बसेकाे ३ जिल्लाकाे सिडिओकाे बैठकले असाेज १ गतेदेखि उपत्यकाकाे विद्यालय खाेल्न दिने निर्णय गरेकाे हाे । स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बैठकले निर्णय गरेकाे काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विकासन्युजसँग भने । &#8216;हाम्राे यस निर्णयपछि स्थानिय [&hellip;]</p>

काठमाडाैं । असाेज १ गतेदेखि काठमाडाैं उपत्यकाकाे विद्यालय खाेल्न पाइने भएकाे छ । साेमबार बसेकाे ३ जिल्लाकाे सिडिओकाे बैठकले असाेज १ गतेदेखि उपत्यकाकाे विद्यालय खाेल्न दिने निर्णय गरेकाे हाे ।

स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बैठकले निर्णय गरेकाे काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विकासन्युजसँग भने । ‘हाम्राे यस निर्णयपछि स्थानिय तहहरुले बैठक बसेर काेभिडकाे अवस्था हेरेर थप निर्णय गर्नेछन्,’ उनले भने ।

सबै स्वास्थ्य मापदण्डहरु पालन गरेर मात्र विद्यालय खाेल्न पाउने व्यवस्था गरिएकाे उनले बताए ।

 

Share News