सूर्योदय र वोमी लघुवित्त मर्ज हुने, नेप्सेले रोक्यो सेयर कारोबार

<p>काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच भदौ १५ गते साँझ ५ बजे सम्झौता भएको हो । यससँगै दुई संस्थाको सेयर कारोबार भदौ १६ गतेदेखि रोक्का भएको छ । उक्त मर्जरमा जाने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्जले उनीहरुको सेयर कारोबार [&hellip;]</p>

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच भदौ १५ गते साँझ ५ बजे सम्झौता भएको हो ।

यससँगै दुई संस्थाको सेयर कारोबार भदौ १६ गतेदेखि रोक्का भएको छ । उक्त मर्जरमा जाने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्जले उनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो ।

अब उक्त प्रकृया सम्पन्न भई दुई संस्थाबीच एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा सेयर कारोबार खुल्ने छ ।

सूयोदय लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको यस संस्थाले २०७० साल असार ६ गते नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो ।

त्यस्तै, ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको वोमी लघुवित्तले २०६८ फागुन १९ गते नेपाल राष्ट्र बैंकको इजाजत पाएको थियो । जसको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको साँगामा रहेको थियो ।

Share News