निषेधाज्ञा र विद्यालय सञ्चालनबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ सीडीओको बैठक बस्दै

<p>काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बुधबार बस्दैछ । निषेधाज्ञाको विषयमा निर्णय गर्न दिउँसो १ बजे बैठक बस्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउने उनले बताए । यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ ।</p>

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बुधबार बस्दैछ ।

निषेधाज्ञाको विषयमा निर्णय गर्न दिउँसो १ बजे बैठक बस्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउने उनले बताए ।

यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ ।

Share News