कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा धिताल नियुक्त

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका हुन् । सरकारबाट नियुक्ती पत्र पाएपछि आजै (शुक्रबार) बाटै निमित्त प्रशासकको जिम्मेवारी सम्हालेको धितालले विकासन्युजलाई बताए । यसअघि कोषका प्रमुख [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो ।

यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका हुन् । सरकारबाट नियुक्ती पत्र पाएपछि आजै (शुक्रबार) बाटै निमित्त प्रशासकको जिम्मेवारी सम्हालेको धितालले विकासन्युजलाई बताए ।

यसअघि कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई बर्खास्त गरसँगै उनलाई सरकारले निमित्त प्रशासकको जिम्मेवारी दिएको हो ।

विगत १२ वर्षदेखि सञ्चय कोषमा कार्यरत धिताल विभिन्न क्षेत्रमा पनि संलग्न छन् । उनी पेशाले चाटर्ड एकाउण्टेन्ट हुन् । उनी हाल कोषको तर्फबाट बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा पनि छन् । विभिन्न जलविद्युत कम्पनीमा पनि उनको लगानी छ ।

सरकारले उनलाई निमित्त प्रशासकमा नियुक्त गरेसँगै केही समयपछि उनलाई नै प्रमुख प्रशासककै जिम्मेवारी दिने तयारी रहेको पनि स्रोतको भनाई छ ।

Share News