घरजग्गा कारोबारले बनायो करोडौंको होटलको मालिक, आधा दर्जन हिमालको दृश्यावलोकन झ्यालबाटै

<p>काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका रामसुन्दर बके पेशाले घरजग्गा कारोबारी हुन् । उनी अहिले पनि घरजग्गा कारोबार नै गरिरहरेका छन् । तर, अहिले बाकेको अर्को पेशा थपिएको छ । उनी अहिले होटल/रिसोर्ट व्यवसायी भनेर पनि चिनिन्छन् । उनले हालै भक्तपुरको सुर्यविनायक नगरपालिकाको रानीकोटमा रिसोर्ट सञ्चालन गरेका छन् । अरुले घरजग्गा कारोबार गरेको देखेर सानै उमेरबाट [&hellip;]</p>

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका रामसुन्दर बके पेशाले घरजग्गा कारोबारी हुन् । उनी अहिले पनि घरजग्गा कारोबार नै गरिरहरेका छन् । तर, अहिले बाकेको अर्को पेशा थपिएको छ । उनी अहिले होटल/रिसोर्ट व्यवसायी भनेर पनि चिनिन्छन् ।

उनले हालै भक्तपुरको सुर्यविनायक नगरपालिकाको रानीकोटमा रिसोर्ट सञ्चालन गरेका छन् । अरुले घरजग्गा कारोबार गरेको देखेर सानै उमेरबाट घरजग्गा कारोबारीमा लागेका उनी हाल रिसोर्ट सञ्चालककै रुपमा आफुलाई स्थापित गर्न चाहन्छन् ।

४८ वर्षीय बाकेले २५ करोड रुपैयाँ लगानी गरेर रानीकोटमा भिलेज हाइल्याण्ड नामक रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । २ हजार मिटर उचाईमा रहेको सो रिसोर्टबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न पनि सकिन्छ ।

‘सानै उमेरमा अरुले गरेको देखेर जग्गा कारोबारी भएँ, मेरो रुची रिसोर्ट हुँदै होटल सञ्चालन गर्ने थियो, आफूसँग होटल सञ्चालन गर्ने रकम जम्मा गरेर रुची अनुसारको व्यवसाय सुरु गरेँ, अहिले दुवै व्यवसायलाई नै समय दिइरहेको छु,’बकेले भने ।

४ वर्ष पूर्वाधार निर्माणमा खर्च गरेका उनले होटल सञ्चालनको तयारी गर्ने बेलामा कोरोना भाइरस (कोेभिड–१९) को महामारी सुरु भएको थियो । महामारीले बीचमा केही समय सञ्चालनमा कठिनाई भएतापनि पछिल्लो समय उल्लेख्य रुपमा स्वदेशी पर्यटकको भिड लाग्ने गरेको उनको भनाई छ । अहिले स्वदेशी पर्यटकहरु रमाइलो गर्नकै लागि रानीकोट पुग्ने गरेका छन् ।

आधा दर्जन हिमालको दृश्यावलोकन

काठमाडौंबाट करिब २० किलोमिटर दूरीमा रहेको भिलेज हाइल्याण्ड रिसोर्टबाटै आधा दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न पाइन्छ । दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु रिसोर्ट तथा रिसोर्टकै झ्यालबाट हेर्न सकिने उनी बताउँछन् ।

साथै, काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकाश भागहरु पनि होटलका कोठाहरुबाटै देख्न सकिने उनको भनाई छ । ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौती, कुसादेवीदेखि समेत रानीकोट हाइकिङ रुट प्रख्यात छ ।
यस्तै, ऐतिहासिक मानिने रानीकोट, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत सो क्षेत्रमा छ । होटल वरिपरी घना जंगल भएकाले भविष्यमा जिप सफारीको योजना पनि बनाएको उनको भनाई छ ।

‘हामीले जिप सफारिको योजना बनाएका थियौँ, कोभिडका कारण योजना केही पछि धकेलिएको छ, कोभिड नभएको भए हाल जिप सञ्चालनमा आइसक्थ्यो,’ उनले भने ।

पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । काठमाडौंबाट नजिककोे स्थान र अग्लो क्षेत्रमा रहेको रानीकोटबाट उपत्यकाका तीनै जिल्ला देखिनेभएपछि पर्यटकको आकर्षण केन्द्र बनेको बाके बताउँछन् ।

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उनले कोरोना भाइरसको महामारीको बीचमा पनि स्वदेशी पर्यटकको भीड नै लाग्ने गरेको छ ।

के छन् सुविधा ?

पर्यटकीय क्षेत्र घुम्ने र रमाइलो गर्नेहरुका लागि रानीकोट गज्जवको ठाउँ हुन सक्ने उनको भनाई छ । साढे पाँच रोपनी जग्गामा फैलिएको रिसोर्टमा हाल तीन वटा भवन छन् ।

२१ वटा कोठा रहेको रिसोर्टमा ६५ जना राख्ने क्षमता रिसोर्टको छ । केही समयअघि मात्र भिलेज हाइल्याण्ड रिसोर्टलाई पर्यटन विभागले पर्यटकस्तरीय होटलको रुपमा मान्यता दिएको थियो । पर्यटक स्तरीय होटलसरह मान्यता पाएको रिसोर्टलाई तीन तारे सरह बनाउँदै शाखा विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।

रिसोर्टमो स्विमिङ पुल र पिङको सुविधा पनि छ । रिसोर्टमा हाल एक रातको ३५ सय रुपैयाँ लिने गरेको उनले बताए ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट ७ किलोमिटर दूरीमा रहेको रिसोर्टका सबै कोठाहरु डिलक्स हुन् । सूर्यविनायक चोकबाट रिसोर्ट जाँदा ५ किलोमिटर पिच र २ किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ ।

चितवन र सोलुखुम्बुमा पनि शाखा

सञ्चालक बाकेले भिलेज हाइल्याण्ड रिसोर्टको शाखा चितवन र सोलुखुम्बुको पटालेमा शाखा सञ्चालन गर्ने योजना रहेको बताए । रिसोर्ट सञ्चालनका लागि जमीन पनि खरिद गरिसकेको उनले सुनाए ।

‘होटल मेरो रुचीको क्षेत्र हो, रानीकोटमा बनाएको भिलेज हाइल्याण्ड रिसोर्टको शाखा चितवन र सोलुको पदले भन्नै स्थानमा विस्तार गर्ने योजना बनाएको छु, त्यसका लागि दुई स्थानमा रिसोर्टकै नाममा जग्गा खरिद गरिसकेको छु, अग्ला क्षेत्रमा होटल सञ्चालन गर्ने मेरो तयारी हो’, उनले भने ।

उनका अनुसार शाखा सञ्चालनका प्रक्रिया अगाडि बढिसकेको छ । तर, कोरोनाको कारण भने काम अगाडि बढाउन केही समस्या भएको उनको भनाई छ । रानीकोट पुग्ने आन्तरिक पर्यटकमध्ये अधिकांश हाइकिङ मार्फत जाने गरेका छन् । हाइकिङका लागि उपर्युक्त गन्तव्यको रुपमा मानिएको रानीकोट डाँडाँमा नै सो रिसोर्ट रहेको छ ।

कोरोना र लकडाउनको कारण लामो समय घरभित्रै थुनिएका शहरियाहरु खुला हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरुमा रमाउन रानीकोट पुग्ने गरेका छन् ।

Share News