काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुर्व सम्झौता अनुसार भारतीय कम्पनीसँगै नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्ट वेयर खरिद गर्ने सम्झौता गरेको थियो ।

नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितो पत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्ट वेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ इन्कर्पाेरेशन अदालत गएको थियो । पुर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेप्सेले सफ्ट वेयर खरिद नगर्ने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो ।
नेप्सेको सम्झौता उल्लंघन गर्ने मनासाय नरहेको भन्ने आदेश दिएको थियो । ‘अदालतको आदेशको अर्थ पत्ता लगाउने प्रयास गरिरहेका छौं, अब सफ्टवेयर खरिद प्रक्रिया अघि बढ्छ’, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले विकासन्युजसँग भने । नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता भैसकेको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ ।
नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’
अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।