परीक्षामा सहभागी ५० हजार विद्यार्थीले पाउने भए कोरोना विरुद्धको खोप

<p>काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् । बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो । विद्यार्थीलाई प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयले खोपको व्यवस्था गर्ने परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. [&hellip;]</p>

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् ।

बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो ।

विद्यार्थीलाई प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयले खोपको व्यवस्था गर्ने परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार तत्काल ५० हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुने भन्दै उक्त विद्यार्थीका लागि खोपको माग आएको हो ।

Share News