बाफियामा उपसमितिलाई विश्वास गर्दा धोका भयो, अव सच्याउछौंः सभापति ज्वाला

<p>काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका केही विषय संसोधन भएपनि विषय बस्तु नै संसोधन नगर्दा बाफियामा कमजोरी देखिएर संसदवाट पुन समितिमै फर्कनु पर्ने अवस्था आएको सभापति ज्वालाको [&hellip;]</p>

काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका केही विषय संसोधन भएपनि विषय बस्तु नै संसोधन नगर्दा बाफियामा कमजोरी देखिएर संसदवाट पुन समितिमै फर्कनु पर्ने अवस्था आएको सभापति ज्वालाको भनाइ छ ।

‘समितिले विश्वास गरेर उपसमिति बनाइसकेपछि उसका सवै विषय बस्तु (कन्टेन्ट) सच्याउने भन्ने पनि भएन, केही संसोधन भएपनि फेरि विवाद देखियो, सरकारले पनि फिर्ता गर्नुपर्ने आवश्यकता देखेर फिर्ता भएपछि हामी पूर्ण समितिमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं,’ सभापति ज्वालाले भने ।

बाफिया सम्बन्धमा बजेट अधिवेशन सकिएपछि मात्रै छलफल गर्ने सभापति ज्वालाले जानकारी दिए । सो विद्ययेक पुन समितिमै फिर्ता गर्नुको औचित्य सरकारले पुष्टी गरेपछि मात्रै संसोधनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

‘किन फिर्ता भयो भनेर सरकारले प्रष्ट पार्नुपर्यो, यसपछि मात्रै थप छलफल अगाडि बढ्छ,’ ज्वालाले भने ।

Share News