कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

<p>काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।बोर्डले यही साउन ३१ गतेदेखि हुने भनिएकाे कक्षा १२ काे स्थगित गर्ने निर्णय गरेको हाे । संक्रमण बढेकाे भन्दै धेरैले परीक्षा स्थगित गर्न माग गरेका थिए । यस्तै शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा [&hellip;]</p>

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।बोर्डले यही साउन ३१ गतेदेखि हुने भनिएकाे कक्षा १२ काे स्थगित गर्ने निर्णय गरेको हाे ।

संक्रमण बढेकाे भन्दै धेरैले परीक्षा स्थगित गर्न माग गरेका थिए ।

यस्तै शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका थिए ।

बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

Share News