बिहानैदेखि नेपाल टेलिकमको मोबाइल रिचार्जमा समस्या

<p>काठमाडौं । बिहीबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्न नहुने समस्या देखिएको छ । आज बिहान करिब साढे ५ बजेदेखि मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको टेलिकमले जनाएको छ । बैंक, ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङ टपअप (अनलाइन रिचार्ज) रिचार्जमा समस्या देखिएको टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् । उनका अनुसार नेटवर्कमा समस्या [&hellip;]</p>

काठमाडौं । बिहीबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्न नहुने समस्या देखिएको छ । आज बिहान करिब साढे ५ बजेदेखि मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको टेलिकमले जनाएको छ ।

बैंक, ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङ टपअप (अनलाइन रिचार्ज) रिचार्जमा समस्या देखिएको टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् ।

उनका अनुसार नेटवर्कमा समस्या देखिएसगैँ प्राविधिक टिमले समाधानको काम गरिरहेका छन् ।

Share News