गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

<p>काठमाडौं । गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिलभक्त माथेमा नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । हाल संस्थाको अध्यक्षमा विश्वप्रकाश शाखा रहेका छन् । त्यस्तै, संस्थापक सञ्चालकमा दिलिपकुमार मुनकर्मी र जेनी जोशी रहेका छन् भने साधारण सञ्चालकमा पशुपति भक्त श्रेष्ठ रहेका छन् । यससँगै [&hellip;]</p>

काठमाडौं । गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिलभक्त माथेमा नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

हाल संस्थाको अध्यक्षमा विश्वप्रकाश शाखा रहेका छन् । त्यस्तै, संस्थापक सञ्चालकमा दिलिपकुमार मुनकर्मी र जेनी जोशी रहेका छन् भने साधारण सञ्चालकमा पशुपति भक्त श्रेष्ठ रहेका छन् ।

यससँगै नवनयिुक्त स्वतन्त्र सञ्चालक माथेमासहित संस्थाको सञ्चालक समितिमा ५ जना रहेका छन् ।

Share News