सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामुको जिम्मेवारी कडेललाई

<p>काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी सुन्दरप्रसाद कडेलले पाएका छन् । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी ताेकेकाे हाे [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् ।

यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी सुन्दरप्रसाद कडेलले पाएका छन् । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी ताेकेकाे हाे ।

कामु सीईओ कडेलले आगामी साउन २६ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)काे जिम्मेवारीमा छन् ।

Share News