बैतडीका ४ स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागु

<p>काठमाडौं । बैतडीका ४ स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गरेका छन् । यसै शैक्षिक सक्रबाट सुरु हुने गरी स्थानीय पाठ्यक्रम लागु गरेका हुन् । स्थानीय भाषा, कला, संस्कृति, भेषभूषा र स्थानीय परिवेश समेटेर दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन । पाटन, मेलौली नगरपालिका तथा शिवनाथ र डिलाशैनी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार [&hellip;]</p>

काठमाडौं । बैतडीका ४ स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गरेका छन् । यसै शैक्षिक सक्रबाट सुरु हुने गरी स्थानीय पाठ्यक्रम लागु गरेका हुन् ।

स्थानीय भाषा, कला, संस्कृति, भेषभूषा र स्थानीय परिवेश समेटेर दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन । पाटन, मेलौली नगरपालिका तथा शिवनाथ र डिलाशैनी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेका हुन् । यी स्थानीय तहले कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरेर लागु गरेका हुन ।

विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको जनाईएको छ ।

‘हाम्रो मेलौली’ नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकले जानकारी दिए ।

विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको उनको भनाई छ । पालिकाले चालू शैक्षिक सत्रलबाटै पाठ्यक्रम लागू गर्ने नायकले जनाए ।

Share News