इजरायलमा १ हजार जनाको लागि काम गर्ने अवसर, मासिक पौने २ लाख रुपैयाँ तलब

<p>काठमाडौं । इजरायलमा १ हजार नेपाली कामदारका लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले १ हजार जना नेपाली केयरगिभरका लागि आवेदन खुलेको हो । विभागले आज सूचना जारी गर्दै २१ दिन भित्र विभागको वेभसाइट मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ । सूचनामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने भनिएको छ । [&hellip;]</p>

काठमाडौं । इजरायलमा १ हजार नेपाली कामदारका लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले १ हजार जना नेपाली केयरगिभरका लागि आवेदन खुलेको हो ।

विभागले आज सूचना जारी गर्दै २१ दिन भित्र विभागको वेभसाइट मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ । सूचनामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने भनिएको छ ।

विभागका अनुसार केयरगिभरको मासिक तलब एक हजार छ सय अमेरिकी डलर अर्थात एक लाख ८८ हजार नेपाली रुपैयाँ हुनेछ । जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ ।

यस्ता छन् योग्यता

नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।

उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट) ।

तौलः ४५ केजी ।

शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।

अंग्रेजी भाषामा दक्ष।

शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।

Share News