विदेश जाने विद्यार्थी र श्रमिकले नेपाल प्रहरी र सैनिक अस्पतालमा खोप लगाउन पाउने

<p>काठमाडाैं । विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका लागि काठमाडौं उपत्यकाको हकमा दुई अस्पताललाई ताेकेकाे हाे । त्यसका लागि पासपोर्ट र भिसा देखाउनु पर्ने मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयकाे अनुसार काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर पनि स्थायी खोप [&hellip;]</p>

काठमाडाैं । विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका लागि काठमाडौं उपत्यकाको हकमा दुई अस्पताललाई ताेकेकाे हाे । त्यसका लागि पासपोर्ट र भिसा देखाउनु पर्ने मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयकाे अनुसार काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । उक्त स्थानमा विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।

Share News