जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पुर्याउने देउवाको प्रतिवद्धता

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पुर्याउने प्रतिवद्धता जनाएका हुन् । &#8216;कोरोना खोप सरकारको प्राथमिकता हो, मैले सबै नेपालीलाई कोरोना खोप पुर्याउन गरेको बाँचा पूरा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पुर्याउने प्रतिवद्धता जनाएका हुन् ।

‘कोरोना खोप सरकारको प्राथमिकता हो, मैले सबै नेपालीलाई कोरोना खोप पुर्याउन गरेको बाँचा पूरा गरि छाडने छु, हामी ऋण लिएर जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पुर्याउने छौं । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो बाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सारे । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेताहरुसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका कामहरु गरेर देखाउनु उनको भनाई थियो ।

प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्ष समेत रहनु भएका एमाले संसदीय दलका नेता सुवाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप समेत लगाउनु भयो । संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढि थाहा भएपनि उहाँले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो ।

“विपक्षी दलका नेता हुुनुहुन्न, पूर्व सभामुख नेम्वाङपनि आफूले बोलेको जवाफ नसुनि हिँडनु भयो, त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिए, उहाँ सभामुख हुुनुहुन्थ्यो, संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने- अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन, म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु, यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानु भयो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरुलाई ह्वीप नलगाएको दावी समेत गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमाले लगायतका सबै दललाई अनुरोध गरेको हुँ ।’ प्रधानमन्त्री देउवाले भने, ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर नेम्वाङले उल्टो कुरा गर्नु भयो ।’ त्यस अवसरमा उहाँले आफूलाई विश्वासको मत दिने सबै सांसदहरुलाई धन्यवाद समेत दिए ।

Share News