थप १ हजार ६७८ जनाले जिते कोरोना, २ हजार ९७७ थपिए

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यससगैँ हालसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) ​भएका छन् । नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन ।

यससगैँ हालसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) ​भएका छन् ।

नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १३ हजार ६९८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

Share News