काठमाडौं । नेपाल मेडिलक काउन्सिलले मुटु रोग विशेषज्ञ डा. ऋषि खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचार गर्न रोक लगाइएको छ । बिरामीको उपचारमा लापरबाही गरेको आरोपमा खत्रीलाई मुटु रोगको उपचारबाट बञ्चित गराएको हो ।
उनलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पत्र पेश गरेपछि मात्र मुटु रोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय भएको काउन्सिलले जनाएको छ ।
डाक्टर खत्रीविरुद्ध नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट राकेश राणाका श्रीमती पुष्पा शाहले उजुरी दिएकी थिइन् । उजुरीमाथि छानविन गर्दा राणाले चिकित्सकीय लापरबाही गरेको देखिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।
