टेकू सहित अब चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

<p>काठमाडौं । खोप कार्ड लिन टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा सर्वसाधारणको भिड बढेपछि सरकारले ४ अस्पतालबाट खोप कार्ड लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल, निजामती अस्पताल (सिभिल अस्पताल), पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको हो । खोप कार्डका [&hellip;]</p>

टेकू अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न लाइनमा बसेका सर्वसाधारण

काठमाडौं । खोप कार्ड लिन टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा सर्वसाधारणको भिड बढेपछि सरकारले ४ अस्पतालबाट खोप कार्ड लिन पाउने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल, निजामती अस्पताल (सिभिल अस्पताल), पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको हो ।

खोप कार्डका लागि टेकु अस्पतालमा रातीदेखि सर्वसाधारण लाइनमा बसेपछि अन्य अस्पतालबाट समेत कार्ड लिन सकिने व्यवस्था गरेको हो ।
पछिल्ला केही दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतम शुक्रबारबाट चार अस्पतालमा निशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको बताउँछन् ।

टेकू अस्पतालमा भीड

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ ।
विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो ।

सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आउनुभएका युवाहरु तिनदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन् ।

विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाई छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ ।

तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने बताएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरैदिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको उनीहरुको भनाई छ ।

Share News