स्वास्थ्य मन्त्रालयले भन्योः कोरोना फेरि बढ्यो, स्वास्थ्य पूर्वाधार चुस्त दुरुस्त राख्नु

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोरोना भाइरसको संक्रमण बढेको बताएकाे छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ । [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोरोना भाइरसको संक्रमण बढेको बताएकाे छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भयो, यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकेन ।’

अहिले पनि १० जिल्लामा ५ सयभन्दा बढी र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न अनुरोध पनि गरिएको छ ।

Share News