कोरोना विरुद्धको खोप लिन निगमको जहाज चीन जाँदै

<p>काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोरोना विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ। बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली (बिहीबार) दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन्। त्यसैगरी भोली राति ११ [&hellip;]</p>

काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोरोना विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ। बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली (बिहीबार) दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन्। त्यसैगरी भोली राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने भएको छ ।

चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइ​सक्ने तयारी छ।

पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ। गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो।

Share News