काठमाडौं । ललितपुर जिल्लामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन रहेका छ । ५० दखि ५४ वर्षको लागि हिजो सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने आज अन्तिम दिन रहेको छ ।
महानगरको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले उक्त खोप वैदेशिक रोजगारमा जान लागेका व्यक्ति, सरसफाइकर्मी र महानगरभित्र रहेका सरकारी कर्मचारीलाई पनि दिइने बताएका छन् ।
साथसाथै पूर्ण र अति अशक्त तथा अपाङ्गता भएका वर्गलाई परिचय–पत्रको आधारमा खोप दिइने व्यवस्था गरिएको उनले बताए ।
जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्छ ।
उक्त खोप स्थानीय तहको सम्बन्धित वडामा बिहान १० बजे देखि साँझ ४ बजेसम्म लगाइने व्यव्था रहेको अर्यालले बताएका छन् ।