काठमाडौं । ललितपुर जिल्लामा साउन ४ र ५ गते जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने भएकाे छ ।
ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले ललितपुर जिल्लामा ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सनकाे ज्यान्सेन खाेप लगाइने भएकाे जानकारी दिएका हुन् । याे खाेप एक डाेज लगाए पुग्छ ।
उक्त खोप अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पनि परिचय पत्रको आधारमा दिइने उनले बताए । उनको अनुसार बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ ।
गलालका अनुसार महानगरले दैनिक १६ हजार जनालाई खोप लगाउने लक्ष्य राखेको छ । उनले सबै वडामा खोप केन्द्र रहेको र त्यही गएर सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।