आज र भाेलि ललितपुरमा ५५ वर्ष माथिकालाई खोप लगाइने

<p>काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ५५ वर्षदेखि माथिका उमेरलाई खोप लगाउन शुरु गरिएको छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन २ र ३ गते ललितपुर जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप लगाउने जानकारी दिएका हुन् । गलालको अनुसार ५५ वर्ष र सो माथिका उमेर समूहलाई कोभिडविरुद्धकाे भेरोसेल खाेप लगाउने प्रावधान रहेको छ । खोप लगाउने [&hellip;]</p>

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ५५ वर्षदेखि माथिका उमेरलाई खोप लगाउन शुरु गरिएको छ ।

महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन २ र ३ गते ललितपुर जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप लगाउने जानकारी दिएका हुन् ।

गलालको अनुसार ५५ वर्ष र सो माथिका उमेर समूहलाई कोभिडविरुद्धकाे भेरोसेल खाेप लगाउने प्रावधान रहेको छ ।

खोप लगाउने स्थान हरेक वडामा रहेका उनले बताए ।

Share News