थप १ हजार ७७५ जना संक्रमणमुक्त, थपिए २ हजार ९३६ जना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार ४३ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ५४१ जना संक्रमति थपिएका छन् । जसमध्ये काठमाडौंका ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Share News