मौज्दात खोप सकिएपछि रोकियो खोप अभियान

<p>काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित गरिएको छ । मौज्दातमा रहेको चिनियाँ खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अर्को सूचना जारी नहुँदासम्मका लागि खोप कार्यक्रम स्थगित भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत अन्य जिल्लामा असार २९ [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित गरिएको छ । मौज्दातमा रहेको चिनियाँ खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अर्को सूचना जारी नहुँदासम्मका लागि खोप कार्यक्रम स्थगित भएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत अन्य जिल्लामा असार २९ गतेदेखि चिनियाँ खोप भेरोसेल अभियान सञ्चालन गरिएकाे थियो।

Share News