काठमाडाैं जिल्लामा ‘भेराे सेल’ खाेप साउन २ गतेसम्म मात्र लगाइने (सूचीसहित)

<p>काठमाडाैं । काठमाडाैं जिल्लामा हाल खाेप अभियान संचालन भइरहेकाे छ । हाल जिल्लामा मंगलबार(असार २९ गते मंगलबार) चिनियाँ खाेप भेराे सेल विभिन्न ५० वटा स्थानमार्फत दिइरहेकाे छ । जिल्ला प्रशासन कार्यलय काठमाडाैंकाे अनुसार भेराे सेल खाेप लगाउने अन्तिम दिन साउन २ गते शनिबार रहेकाे छ । स्वास्थ्य सेवा विभागकाे अनुसार भेरोसेल ५५ वर्ष र सो [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं जिल्लामा हाल खाेप अभियान संचालन भइरहेकाे छ । हाल जिल्लामा मंगलबार(असार २९ गते मंगलबार) चिनियाँ खाेप भेराे सेल विभिन्न ५० वटा स्थानमार्फत दिइरहेकाे छ ।

जिल्ला प्रशासन कार्यलय काठमाडाैंकाे अनुसार भेराे सेल खाेप लगाउने अन्तिम दिन साउन २ गते शनिबार रहेकाे छ ।

स्वास्थ्य सेवा विभागकाे अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाउने प्रावधान रहेकाे छ ।

भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने प्रावधान रहेकाे छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने विभागले जनाएकाे छ ।

 

 

Share News