काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् भने १८ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।