काठमाडौं । ललितपुर महानगरपालिकाले जोन्सन एन्ड जोन्सनकाे खोप साउन ४ गतेबाट लगाउने भएकाे छ ।
महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन ४ गतेबाट ५० देखि ५४ वर्ष उमेर समूहलाई खाेप लगाउने जानकारी दिएका हुन् । जाेन्सन एण्ड जाेन्सनकाे खाेप एक डाेज लगाए मात्र पनि पुग्दछ ।
गलालकाे अनुसार भेराे सेल खाेप भने साउन २ र ३ गतेदेखि लगाइने निर्णय भएकाे छ । भेराे सेल खाेप भने चाहिँ ५५ देखि माथिका उमेर समूहलाई लगाउने निर्णय गरिएकाे गलाले बताए । याे खाेप भने दुवै डाेज लगाउनु पर्दछ ।
खाेप लगाउने स्थान यस अघिकै वडाका खाेप केन्द्र रहेकाे उनले बताए ।