काठमाडौं । नेपाललाई अमेरिकाले सहयोग गरेको जोन्सन एण्ड जोन्सनको खाेपमा समस्या देखिएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार साे खाेपमा समस्या देखिएकाे हाे ।
अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८४ डोज खोप सहयाेग गरेकाे छ । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत नेपाललाई कोरोना विरुद्धको उक्त खोप दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम द न्युर्योक टाइम्सका अनुसार अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले सोमबार जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले निकै दुलर्भ रहेको ‘गलियन ब्यार्र सिन्ड्रम’ एक प्रकारकाे न्युरोलोजिकल समस्या निम्त्याउन सक्ने चेतावनी दिएकाे छ ।
यद्यपि नियामकहरुका अनुसार उक्त भ्याक्सिनले यस्ताे अवस्था निम्त्याउने सम्भावना निकै नै न्युन रहेकाे छ । सामान्य मानिसकाे तुलनामा जाेन्सन एण्ड जाेन्सनका खाेप लगाएका मानिसमा याे राेग देखिने सम्भावना ३ देखि ४ प्रतिशत बढी रहेकाे छ ।
एफडीएका अनुसार १ करोड २५ लाख मानिसमा जानसेन खोप लगाउँदा करिब १०० जनामा गुइलिन बारेको संक्रमण देखिएको छ । गलियन ब्यार्रको संक्रमण देखिएका १०० जनामध्ये ९५ जनाको अवस्था गम्भीर बनेको र अस्पतालमा भर्ना गर्नुपरेको सञ्चारमाध्यले उल्लेख गरेकाे छ । यसबारे विस्तृत अध्ययन भने भइरहेकाे बताइएकाे छ ।
अर्काे अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द वाल स्ट्रिट‘ जरनलका अनुसार सेन्टर फर डिजिज कन्ट्राेल एण्ड डिभिजनले खाेप लगाएका करिब १२.८ मिलियन मानिसहरु मध्ये करिब १०० जनाकाे रिपाेर्टमा यस्ताे समस्या देखिएका जानकारी दिएकाे छ । रिपाेर्टका अनुसार भ्याक्सिन लगाएकाे २ हप्तापछि ५० वर्षभन्दा माथिका उमेरका पुरुषलाई गलियन ब्यार्रकाे असर देखिएका थियाे ।
धेरै समस्या भने खाेप लगाएकाे ४२ दिनपछि देखिएकाे रिपाेर्टले जनाएकाे छ । ‘गलियन ब्यार्र सिन्ड्रम’ अन्य भ्याक्सिनमा पनि देखिएकाे एकदमै दुर्लभ असर हाे ।
अमेरिकामा हरेका वर्ष प्रत्येक १ मिलियन मानिसमा १० जनालाई यस्ताे समस्या देखिने गरेकाे छ । धेरै मानिसहरु यसकाे जटिल लक्षण देखिएपश्चात पनि निकाे भएकाे पाइएकाे छ ।