भक्तपुरमा भाेली र पर्सी खाेप लगाइने

<p>काठमाडौं । भक्तपुर नगरपालिकामा भोलि र पर्सि (असार ३० र ३१) कोभिड विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाकी उपप्रमुख रजीना जोशीले भक्तपुरमा असार ३० र ३१ गते खोप लगाइने जानकारी दिएकी हुन् । उनका अनुसार भेरोसेल खाेप ५५ वर्ष र सो माथिका उमेर समूहका सबै नागरिकलाई लगाइने छ । नगरपालिकाले खाेप केन्द्रकाे लागि सबैलाई [&hellip;]</p>

काठमाडौं । भक्तपुर नगरपालिकामा भोलि र पर्सि (असार ३० र ३१) कोभिड विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाकी उपप्रमुख रजीना जोशीले भक्तपुरमा असार ३० र ३१ गते खोप लगाइने जानकारी दिएकी हुन् ।

उनका अनुसार भेरोसेल खाेप ५५ वर्ष र सो माथिका उमेर समूहका सबै नागरिकलाई लगाइने छ । नगरपालिकाले खाेप केन्द्रकाे लागि सबैलाई नजिकैकाे वडा कार्यलयमा सम्पर्क गर्नको लागि आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार भेरोसेल खाेप विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ ।

खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ ।

यस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरूको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।

Share News