मंगलबार करिब २४ सय जना नयाँ संक्रमित थपिए

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३ सय ९८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा गर्दा २ हजार ३९८ मा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३ सय ९८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा गर्दा २ हजार ३९८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म स‌क्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजमर १०५ रहेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ४१२ रहेको छ ।

Share News