कोभिडबाट अभिभावक गुमाएकालाई पुर्व मिस नेपालहरुले छात्रवृत्ति दिने

<p>काठमाडौं । काेभिडबाट अभिभावक गुमाएकालाई पुर्व मिस नेपालहरुले छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । डीएम फाउन्डेससँकाे सहकार्यमा पूर्व मिस नेपालहरुको सामाजिक संस्था एफएमएनडब्ल्यूले बालबालिकाहरुकाे लागि शैक्षिक छात्रवृत्ति कार्यक्रम ल्याएकाे हाे । यो छात्रवृत्तिले कोभिड-१९ ले बुवा आमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने संस्थाले जनाएकाे छ । छात्रवृत्ति कार्यक्रम इच्छुक व्यक्ति वा संस्थाले नेपाल इन्भेस्टमेन्ट बैंक [&hellip;]</p>

काठमाडौं । काेभिडबाट अभिभावक गुमाएकालाई पुर्व मिस नेपालहरुले छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । डीएम फाउन्डेससँकाे सहकार्यमा पूर्व मिस नेपालहरुको सामाजिक संस्था एफएमएनडब्ल्यूले बालबालिकाहरुकाे लागि शैक्षिक छात्रवृत्ति कार्यक्रम ल्याएकाे हाे ।

यो छात्रवृत्तिले कोभिड-१९ ले बुवा आमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने संस्थाले जनाएकाे छ ।

छात्रवृत्ति कार्यक्रम इच्छुक व्यक्ति वा संस्थाले नेपाल इन्भेस्टमेन्ट बैंक र सिभिल बैंकमा डीएम फाउन्डेशनको आधिकारिक बैंक खातामा यस कार्यक्रमको लागि रकम पठाउन सकिने संस्थाले जानकारी दिएकाे छ ।

छात्रवृत्ति योग्य विद्यार्थीहरूले माथि यस वेबसाइट मार्फत आवेदन दिन सक्छन्। याे छात्रवृति कोभिड-१९ मा एक वा दुवै अभिभावक गुमाएकाले पाउनेछन् ।

 

Share News