काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले थप साढे १ करोड डोज खोप खरीद सम्झाैता गरेकाे बताएका छन् । उनले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै यस्ताे जानकारी दिएका हुन् ।
ओलीले जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौता भएको बताएका छन् ।
यस्तै बालबालिकाहरुलाई लगाउन मिल्ने थप ६० लाख डोज फाइजरको खोप पनि खरीद गर्ने प्रक्रिया सुरु भईसकेको उनले बताए ।