काठमाडौंमा साउन ६ गतेसम्म यि ४४ स्थानमा खाेप लगाइने (सूचीसहित)

<p>काठमाडाैं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । यसका लागि काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडाैंले एक विज्ञप्ति जारी गर्दै साउन २ गतेसम्म भेराे सेल र साउन ४ देखि ६ गतेसम्म जाेनसाेन एण्ड जाेनसाेन खाेप दिन जानकारी दिएकाे छ । स्वास्थ्य सेवा विभागले अनुसार भेरोसेल [&hellip;]</p>

काठमाडाैं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । यसका लागि काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यलय काठमाडाैंले एक विज्ञप्ति जारी गर्दै साउन २ गतेसम्म भेराे सेल र साउन ४ देखि ६ गतेसम्म जाेनसाेन एण्ड जाेनसाेन खाेप दिन जानकारी दिएकाे छ ।

स्वास्थ्य सेवा विभागले अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ ।

यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ ।

यसैगरी जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ । जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ ।

खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ ।

 

Share News