काठमाडौं । ललितपुर महानगरमा साउन २ र ३ गते खोप लगाइने भएको छ । ललितपुर महानगरपालिका उपप्रमुख सिता सत्यालले ललितपुरमा साउन २ र ३ गते खोप लगाइने जानकारी दिएकी हुन् ।
उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ । यस अघि तोकिएका खोप केन्द्रमै उक्त खोप लगाइने उनले बताइन् ।
सरकारले आजदेखि देशभर खोप अभियान सुरु गरेको छ ।