काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन तथा अमेरिकाबाट ल्याइएको कोरोना विरुद्धको खोप भोलिबाट लगाइने बताएकाे छ ।
मन्त्रालयले कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप र चीनबाट ल्याइएको ८ लाख डोज खोप भोलीबाट लगाइने बताएको हो ।
मन्त्रालयले खोप अभियानका नै सञ्चालन गर्ने भन्दै लक्षित उमेर समूहसमेत तोकेको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने भएको छ ।