सोमबार १ हजार १३३ जनाले जिते कोरोना, २ हजार ३७० नयाँ संक्रमित थपिए

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार १३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै, पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार १३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ।

यस्तैगरी, १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ।

सोमबार काठमाडौं उपत्यकामा ४३३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना रहेका छन् ।

Share News