आईतबार १५ सय बढीले जिते कोरोना, संक्रमणदर अझै उच्च

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ५३३ जना निकाे भएका हुन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण पुष्टि [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ५३३ जना निकाे भएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५ हजार ५३५ जना पिअिसार परीक्षण गर्दा १ हजार २३७ र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो । यसरी पछिल्लाे २४ घण्टाकाे परीक्षण नतिजा हेर्दा संक्रमणदर २२.३ प्रतिशत रहेकाे मन्धालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

Share News