काठमाडौं । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले लगानीकर्ताको लागत घटाउन माग गरेको छन् । शुक्रबार आर्थिक वर्ष २०७८।७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् ।
उनले ब्रोकर कमिशन घटाएर हुन्छ या सेबोनको कमिशन घटाएर हुन्छ लगानीकर्ताको लागत घटाउन जरुरी रहेको बताएका छन् । साथै, उनले कुनै पनि कम्पनीको एमओयू भएपछि कारोबार रोक्का नगर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।
‘एमओयू पछि सकेसम्म कारोबार रोक्का नै नगरौं, रोक्का गरेपनि छिटोभन्दा छिटो कारोबार फुकुवा गर्ने व्यवस्था गर्नुपर्छ, जसले गर्दा लगानीकर्ताको सम्पत्तिमा तरलताको वृद्धि होस्, र छिटोभन्दा छिटो कारोबार गर्न पाईयोस्,’ उनले बताए ।
‘हाल नेप्सेको इन्डेक्स गणना मिलेको छैन, जस्तै, प्रमोटरको सेयर कारोबार पब्लिक सरह गणना गरिएको छ, यदि इन्डेक्सको गणना मिलेको भए दशकौं वर्ष पुराना तथा बजारको ६० देखि ७० प्रतिशत हिस्सा ओगटेका बैंकिङ्ग क्षेत्रको मूल्य किन बढेन ? त्यसैले यसमा पुनरावलोकन गर्न जरुरी छ ।’
साथै, लगानीकर्ताहरुलाई सुसूचित गरेर लगानीकर्ताको लगानी सुरक्षित गनुपर्ने समेत उनले बताए ।