काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार तीन सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार संक्रमणमुक्त भएसगैँ हालसम्म ६ लाख १६ हजार नौ सय २९ जनाले कोरोना जितेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ७९ जना र चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ६० जना गरी दुई हजार दुई सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० जनासहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ हजार तीन सय ४० जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार पाँच सय ९० जना रहेको छ ।