चीनबाट आइपुग्यो ८ लाख डाेज खोप

<p>काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको ४० लाख डोजमध्ये शुक्रबार ८ लाख डोज खोप नेपाल आइपुगेको हो । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप काठमाडौं ल्याएको हो । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार [&hellip;]</p>

काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको ४० लाख डोजमध्ये शुक्रबार ८ लाख डोज खोप नेपाल आइपुगेको हो ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप काठमाडौं ल्याएको हो ।
पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

उक्त खोप ६० वर्षभन्दा कम उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । यसअघि चीन सरकारले अनुदान स्वरुप दिएको खोप ६० वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई दिईएको थियो ।

Share News