इजरायलबाट आइपुग्यो २० करोड बराबरको स्वास्थ्य सामग्री

<p>काठमाडौं । इजरायल सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । अनुदान स्वरुप नेपाललाई दिएको उक्त सामग्री करिब २० करोड बराबरको रहेको जनाईएको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार विहान सवा ११ बजे काठमाडौं ल्याइएको छ । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका [&hellip;]</p>

काठमाडौं । इजरायल सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । अनुदान स्वरुप नेपाललाई दिएको उक्त सामग्री करिब २० करोड बराबरको रहेको जनाईएको छ ।

नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार विहान सवा ११ बजे काठमाडौं ल्याइएको छ । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका थिए ।

नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो ।

इजरायलबाट ल्याईएको सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री रहेको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ ।

उक्त सागम्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएको हो ।

Share News