पछिल्लो २४ घण्टामा थप १३३३ संक्रमणमुक्त, थपिए २९७९ जना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३३३ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५४३ कोरोना संक्रमित फेला परेका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३३३ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ५४३ कोरोना संक्रमित फेला परेका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ भने थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Share News